"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघले गर्‍यो महत्वपूर्ण २४ निर्णय [निर्णय सहित]

प्रकाशित मिति :  २५ चैत्र २०८०, आईतवार १२:२४


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महत्वपूर्ण २४ निर्णय गरेको छ । लामो गुटगत विवादबिच बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी नेतृत्वसँगको छलफलमा ०८१ पुस मसान्तभित्र महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

यद्यपि महाधिवेशनको मिति र कार्य तालिका भने मातृ पार्टी सँग आवश्यक समन्वय गरी तय गर्ने कार्यदिशा कार्यसम्पादन समितिलाई दिने सर्वसम्मतिले निर्णय गरेको छ। यस्तै पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि निर्णयमा उल्लेख छ। त्यस्तै बैठकले ‘जय नेपाल कप क्रिकेट’ र ‘स्टार्ट अप महोत्सव’ गर्ने सहित २४ वटा निर्णय गरेको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ भित्र देखिएका आन्तरिक समस्या समाधान एवं निरुपण गर्न र संगठनलाई थप एकतावद्ध गर्ने मूल उद्देश्यका साथ एक संयोजक सहित सात सदस्यीय सांगठनिक अवस्था अध्ययन समिति, २०८० गठन गर्ने सर्वसम्मतिले निर्णय पनि गरेको छ। साथै उक्त सांगठनिक अवस्था अध्ययन समिति, २०८० को समयावधि, काम कर्तव्य र अधिकार यसै बैठकबाट पारित कायदिश बमोजिम हुने सर्वसम्मतिले निर्णय गरेको पाण्डेले बताए ।

उनका अनुसार विद्यार्थीनिहित खेल प्रतिभा उजागर गर्न राष्ट्रियस्तरमा जय नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । विद्यार्थी नवउद्दमी युवा प्रतिभालाई प्रोत्साहन गर्न र सम्भावित उद्यमीको व्यवसायीलाई चाहिने आधारभूत विषयवस्तुमा परामर्श एवम् प्रशिक्षण प्रदान गर्न स्टार्ट अप महोत्सव गर्ने भएको छ । बैठकले यीसहितका विभिन्न चौबिस वटा निर्णय गरेको छ।

यस्तो छ निर्णय :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन

काठमाडौँ– संसदीय व्यवस्थामा प्रधानमन्त्री को प्रति जिम्मेवारी हुनुपर्छ, सामान्य जबाफ हो संसद्प्रति। संसद्बाट निर्वाचित भएपछि प्रधानमन्त्री संसद्मा उठेका हरेक प्रश्नको जबाफ

स्याङ्जा – देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन

काठमाडौँ – सत्तारुढ कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्‌मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा