"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार १५:३६


हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने भएका छन्। उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएका छन्। नेकपा एमालेका बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीबाट

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती