"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  २७ फाल्गुन २०७९, शनिबार १३:२८


काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु पनि संघीय संसद भवन पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी रहेको बताइन् । लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । बझाङको प्रदेशसभा १(१)मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको छ। आज दिउँसो सम्पन्न मतगणनापछि एमाले उम्मेदवार दमनबहादुर भण्डारी

काठमाडौँ ।  जीबी राई समूहले सञ्चालन गरेको काठमाडौं स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद

इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४