"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

प्रकाशित मिति :  २४ फाल्गुन २०७९, बुधबार १२:२०


काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैंगिक समानताका लागि काम गर्न आग्रह गरेका छन् ।

उनले अहिले पनि लैंगिक विभेद रहेको तथा महिला र पुरुषबीचको समानताका बीचमा खाडल रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिए ।

विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै गुटरेसले अहिले देखिएको महिला र पुरुषबीचमा असमानता कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा महिला सहभागी आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ ।’

आज मार्च ८ तारिख, अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदैछ । यसवर्षको दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने नाराका साथ मनाइँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाखमा हुने बताएकी छन्। उनले वैशाख दोस्रो साताभित्रै

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा

काठमाडौँ । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको

एजेन्सी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह