"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दीपिका पादुकोण अस्कर अवार्डमा प्रस्तोता बन्दै

प्रकाशित मिति :  २३ फाल्गुन २०७९, मंगलवार १२:४१


काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोण अस्कर अवार्ड-२०२३ सँग जोडिएकी छन्। मार्च १३ मा हुने अस्कर अवार्ड समारोहमा उनी प्रस्तोता बन्नेछिन्।

अभिनेत्रीले इन्स्टाग्राम अकाउन्टमा आफ्ना प्रशंसकसँग सो जानकारी साझा गरेकी हुन्। ड्वेन जोनसन, माइकल बी जोर्डन, जेनिफर कोनली, स्याम्युल एल ज्याक्सनलगायतसँग आफू पनि प्रस्तोता उनले बताएकी छन्।

दीपिका अभिनीत फिल्म ‘पठान’ भारतका सिनेमा हलमा प्रदर्शनरत छ। फिल्म प्रदर्शनमा आउनुअघि विवादमा तानिएको थियो। अभिनेत्रीले लगाएको विकिनीको रङका कारण फिल्मसँगै दीपिका पनि विवादमा परेकी थिइन्। विवादमा परे पनि फिल्म भने ब्लक बस्टर भएको छ।  व्यावसायिक रूपमा सफल भएको छ।

यस वर्षको अस्कर अवार्डमा भारतका तर्फबाट गुजराती फिल्म ‘छेल्लो शो’ र दक्षिण भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयनमा परेका छन्। साथै दुइटा वृत्तचित्र ‘अल देट ब्रिथ्स’ र ‘द एलिफेन्ट विस्पर’ पनि मनोनयमा परेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । उपन्यास ऐलानीका लेखक विवेक ओझाद्वारा लिखित उपन्यास ‘ऐँठन’ सार्वजनिक गरिएको छ। शनिबार एक कार्यक्रम गर्दै उपन्यास सार्वजनिक गरिएको हो।

काठमाडौँ । एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको

काठमाडौँ । अस्कर अवार्ड २०२३ सम्पन्न भएको छ। ९५ औँ संस्करणको अस्कर लस एन्जलस, क्यालिफोर्नियाको डल्बी थिएटरमा भएको थियो। डकुमेन्ट्री फिचर,

काठमाडौँ । भारतीय अभिनेत्री प्रियंका चोपडा हलिउड वेब सिरिज ‘सिटाडेल’मा देखिँदैछिन्। अमेजन प्राइम भिडियोबाट प्रसारण हुने वेब सिरिज अप्रिल २८