"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

प्रकाशित मिति :  १८ फाल्गुन २०७९, बिहीबार १८:५०


काठमाडौँ । नेपालले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई ७ रनले हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो।

जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएई ४८ ओभरमा अलआउट भयो। नेपालको जितमा ४८ ‌ओभरको अन्तिम तीन बलमा विकेट लिँदै दिपेश कडेँलले ह्याट्रिक गरे। श्रीलंकामा हुने २०२४ को युवा विश्वकपका लागि एसिया छनोट प्रतियोगिताबाट एक टिम पुग्ने प्रावधानअनुसार नेपालले अन्तिम खेलमा युएईलाई हराउँदै च्याम्पियन बनेको हो।

अन्तिम खेलअघि नेपाल र युएईले लगातार चार खेलमा जित निकालेर ८-८ अंक जोडेका थिए। जसका कारण जित हात पार्ने टिम विश्वकपमा पुग्ने पक्का थियो। यसअघिका खेलमा नेपाल र युएई दुवै टिमले मलेसिया, सिंगापुर, हङकङ र कुवेतलाई पराजित गरेका थिए। नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको थिएन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाइसकेको थियो।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा

काठमाडौँ ।  वेस्टइन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५