"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

प्रकाशित मिति :  ६ माघ २०७९, शुक्रबार २१:१६


वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । उनले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका हुन् ।

संसद्‍मा शर्मालाई विश्वासको मत दिने सांसदको संख्या २५ थियो । उनको विपक्षमा १४ जना सांसदले मतदान गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए ।

मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका थिए । यसअघि कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनिसकेका थिए ।

कर्णालीसँगै प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी गरी ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाइसकेका छन् । सुदूरपश्चिममा भने विश्वासको मत लिने प्रक्रिया सुरु भएको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा