"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

प्रकाशित मिति :  ३ माघ २०७९, मंगलवार १२:५८


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । सभामुख चयनका लागि तेस्रोपटक मंगलबार भएको निर्वाचनमा सत्तागठबन्धनबाट माओवादीका उम्मेदवार भण्डारी २९ मत ल्याएर निर्वाचित भएका हुन् । उनको विपक्षमा २३ मत पर्‍यो । 

नेपाली कांग्रेसबाट सभामुखका उम्मेदवार मानबहादुर रावलले २० मत पाए । रावलको विपक्षमा २८ मत परेको थियो । रावललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा सत्ता पक्षका एक र प्रतिपक्षका तीन गरी चार प्रदेश सभा सदस्य अनुपस्थित थिए । भण्डारीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा भने प्रदेश सभाका सबै सदस्यको उपस्थिति थियो ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक थियो । यसअघि भएका दुईवटा निर्वाचनमा सभामुख चयन हुन सकेको थिएन । गत २८ पुसमा भएको निर्वाचनमा भण्डारीलाई बहुमतका लागि एक मत कम परेको थियो । भण्डारीले २६ र रावलले २४ मत पाएका थिए । त्यस दिन सत्ता पक्षका दुईजना अनुपस्थित रहे पनि सत्ता पक्षकै एक मत बदर भएको थियो ।

सत्ता पक्षलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी दोस्रोपटक ३० पुसमा भएको निर्वाचनमा भने तटस्थ बसेको थियो । उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार धनगढी आएर आफ्ना सांसदलाई सत्ता पक्षका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएकी थिइन् । सभामुखमा निर्वाचित भण्डारी बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा