"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते आह्वान

प्रकाशित मिति :  १४ पुष २०७९, बिहीबार ११:४०


सुर्खेत । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरिएको हो। 

बुधबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशसभाको दोस्रो कार्यकालका प्रथम अधिवेशन आह्वान गर्न सिफारिस भई आए अनुसार प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गरेका हुन्। 

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन्। प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको भूमिकामा अध्यक्षता गर्ने छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा