"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता

प्रकाशित मिति :  २८ मंसिर २०७९, बुधबार १७:५५


काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ ।

४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘८ वटा कानुन छन् । अब एउटै बन्छ । धेरै कुरा जुधेका पनि छन्’ थपलियाले भने ।

नयाँ ऐनमा विदेशमा बस्ने नेपाली मतदाताले मतदान गर्ने विषय, निर्वाचनको मिति निर्वाचन आयोग आफैँले तय गर्ने देखि मतदाता शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने लगायतका विषय समेटिने थपलियाको प्रतिवद्धता छ ।

उनका अनुसार निर्वाचन सम्बन्धी एकीकृत ऐन (विधेयक) नयाँ संसद सुरु भए लगत्तै लैजाने आयोगको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई