"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिक सांसदको नामावली रूजु गर्दै आयोग

प्रकाशित मिति :  २५ मंसिर २०७९, आईतवार १३:२६


काठमाडौं । दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ सांसद चयन गरी पठाएको नामावली निर्वाचन आयोगले छानबिन थालेको छ।यसअघि दलहरूले बन्द सूचीमा पेश गरेअनुसार नामावली छ कि छैन भनेर आयोगले रूजु गर्ने भएको हो।

दलहरूलाई आगोगले गत बुधबार तीन दिनको समय दिएर क्लस्टरअनुसार सांसदको नाम पठाउन पत्राचार गरेको थियो। दलहरूलाई शनिबार अपरान्ह ४ बजेभित्र सांसदका नाम पठाउन समय दिइए पनि राति अबेर दलहरूले नाम पठाएका थिए।

क्लस्टरअनुसार सांसदका नाम आएका छन् कि छैनन् छानबिन गरेर आयोगले आज पुन: दलहरूलाई पत्राचार गर्दैछ। समावेशी प्रतिनिधित्व भएको छैन भने दलहरूले नाम सच्याउनुपर्ने हुन्छ। उनीहरूलाई सोमबारसम्म नाम सच्याउन समय दिइने आयोगले जनाएको छ।

निर्वाचन आयोगमा रहेका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले दलहरूले पठाएका नाम आयोगले छानबिन गरी प्रमाणित गर्ने बताएका छन्। कुनै त्रुटि भएको भए दलहरूले सोमबारसम्म सच्याउन पाउने उनले जानकारी दिए।

प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सांसदको नाम पठाएका छन्।

आयोगले मंसिर २९ भित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ। त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदमा उद्दण्डता प्रस्तुत गरेको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । मंगलबार बिहान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।  संविधानको धारा १६८ को उपधारा ५

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबार प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका