"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

प्रकाशित मिति :  ३१ बैशाख २०८१, सोमबार १७:५४


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।  संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त कार्कीले प्रदेश सभाबाट ५७ मत पाएका छन्। एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।  विपक्षमा कसैले पनि मतदान गरेनन्। 

राप्रपाका सांसदहरू तटस्थ बसेको बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहेको थियो। प्रदेश सभामा ९३ मध्ये ६२ जना सांसद उपस्थित थिए। विश्वासको मत पाएपछि  मुख्यमन्त्री कार्कीले एक साताभित्र सरकार विस्तार हुने बताए। उनले सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग सल्लाह गरेर सरकार विस्तार गर्ने पनि बताएका छन। 

फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले कांग्रेसले सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित भएर गल्ती गरेको बताए। ‘सर्वोच्च अदालत ले विश्वासको मत नलिनु भनेको छैन। कांग्रसले आज अनुपस्थित रहेर मिस्टेक गर्यो। भोलि यस्तो कदम सच्याउला,’ कार्कीले भने। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार

काठमाडौँ – मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय