"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को अवरोध हटाउने बारेमा प्रधानमन्त्री र सभामुखविच छलफल

प्रकाशित मिति :  २ जेष्ठ २०८१, बुधबार ११:३६


काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गर्दै सहमतिका लागि अपिल गरेका हुन् ।

४५ मिनेटको छलफल संसद अवरोधकै विषयमा केन्द्रित भएको थियो । सभामुख घिमिरेले विधेयक पारित हुन नसकिरहेको बेला संसद अवरोध हुँदा जनस्तरमा वितृष्णा फैलिएको बताएका थिए ।

मंगलबारको संसद बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा अवरोध गरेको थियो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिंदै भोलि बिहीबार बस्ने संसद बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो