"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शीर्ष नेताको चुनाव खर्च निगरानी गर्न अख्तियारलाई निर्वाचन आयोगको पत्र

प्रकाशित मिति :  ७ कार्तिक २०७९, सोमबार २१:४५


काठमाडौं । निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाई शीर्ष नेताको खर्च निगरानी गर्न अनुरोध गरेको छ । 

सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीको बैठकले राजनीतिक दलहरूबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे ‘आवश्यक निगरानी र अनुसन्धान गरिदिन’ भन्दै अख्तियारमा पत्राचार गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचन प्रचारप्रसारका सन्दर्भमा सरकारी स्रोत–साधन (हेलिकाेप्टर तथा अन्य साधनसमेत) प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने ।’ 

निर्वाचन आयोगले त्यससम्बन्धी अध्ययन गरेर आफूलाई जानकारी गराउन पनि अख्तियारलाई भनेको छ । आयोगले हेलिकोप्टर प्रयोगमा पनि चासो देखाएको छ । 

आयोगको निर्णयमा भनिएको छ, ‘हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमाभित्र पर्ने हो, सो खुलाई पठाउन र त्यसरी हेलिकोप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दलहरूलाई लेखी पठाउने ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ