"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युवाले सफलताको लागि के गर्ने ?

प्रकाशित मिति :  २५ श्रावण २०७९, बुधबार १६:५०


– गगन सिंह बस्नेत ।

अङ्ग्रेजीमा एउटा भनाइ छ– “Everybody wants to get success but very few prepare to get success” अर्थात् सफलताको चाहना सबैले राख्दछन् तर ज्यादै कमले सफलता प्राप्त गर्नको लागि आफूलाई तयार गर्दछन्। हो, आफूलाई तयारी गर्नु सफलताको अग्रगमनको बाटोमा आफूलाई डोर्‍याउनु हो। प्रश्न उठ्छ, आफूलाई तयार कसरी गर्ने ? जीवनमा तीन किसिमको उद्देश्य बनाउनुपर्छ। ती हुन्– छोटो समयको लागि बनाइने उद्देश्य, जसमा तपाईंले आफ्नो कमजोरीलाई पहिचान गरेर छोटो समयमा के के सिक्न सकिन्छ, जस्तै प्रभावकारी सञ्चारको सीप, कम्प्युटरको ज्ञान, साना साना अर्थात् १५ दिनेदेखि ३५ दिनेसम्मका व्यक्तित्व विकाससम्बन्धी तालिम आदि इत्यादि।

दोस्रो मध्यकालको उद्देश्य, जसमा तपाईंले आफ्नो प्राज्ञिक शिक्षा (Academic Education) मा सम्पूर्ण ध्यान लगाएर राम्रो अङक प्राप्त गर्नको लागि दत्तचित्त भएर लाग्नु जरूरी छ र यसको लागि अवश्य तपाईंहरूमा कौतुहलता होला आखिर पढ्ने कसरी ? हो, किताबी किरा भएर, समय दिएर र घोकेर मात्र राम्रो ज्ञान प्राप्त गर्न सकिंदैन। त्यसको लागि मेरो ब्रह्मले देखेका, बुझेका, अनुभव र अनुभूति गरेका केही बुँदाहरू यहाँ प्रस्तुत गर्न चाहन्छु।

पढेका कुरालाई विश्लेषण गर्नुस्। सैद्वान्तिक कुरालाई व्यवहारमा ढाल्नुस्। बढीभन्दा बढी सन्दर्भ सामग्रीको प्रयोग गर्नुस्। साथीभाइहरूसँग रमाएर मिलिजुली अध्ययन गर्नुस्। पढ्ने, अध्ययन गर्ने आफ्नो अभिभावक या नातागोता या साथीभाइको लागि नभई आफ्नै लागि हो भनेर मनन गर्नुस्। आफ्ना मिल्ने साथीसङिगनीहरूसँग अन्तक्र्रिया गर्नुस्। सम्बन्धित विषयका शिक्षकहरूसँग मर्यादित र अनुशासित सम्बन्ध राख्नुस्। योजना बनाएर पढ्ने गर्नुस्। सोच सधंै सकारात्मक राख्नुस्।

सबैभन्दा महत्त्वपूर्ण नियमित पढ्ने बानी गर्नुस्। आफूले पढ्ने पुस्तकहरूलाई पढ्नुभन्दा अगाडि ढोग्नुस् र पुस्तकहरू राख्ने समयमा पनि ढोगेर राख्नुस्। त्यसले अध्ययनप्रति आफ्नो निष्ठा र प्रतिबद्वता बढ्नेछ। कुनै पनि चिज पढ्दा त्यसको गहिराइमा पुगेर अध्ययन गर्ने बानी बसाल्नुपर्दछ। सुनेका, पढेका र अध्ययन गरेका विषयमा आलोचनात्मक, विवेचनात्मक र समालोचनात्मक ढङगले सोच्ने र मनन गर्ने बानी गर्नुस्। युवा विद्यार्थीले खेलमा भाग लिनु अत्यन्त लाभदायक हुन्छ। भनिन्छ जुन विद्यार्थीहरू खेल तथा कुनै पनि अतिरिक्त क्रियाकलापमा भाग लिन्छन्, उनीहरू ज्यादै सृजनशील हुन्छन्।

शिक्षकहरूसँग प्रश्न सोध्ने बानी बसाल्नुस् इत्यादि। तेस्रो उद्देश्य भनेको Longterm Aim अर्थात् लामो समयको उद्देश्य। तलका दुई उद्देश्यलाई परिपूर्ति गर्नैपर्ने हुन्छ, लामो समयको उद्देश्य प्राप्त गर्न। तपाईं डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, कृषिविज्ञ, प्राध्यापक, चार्टर्ड एकाउन्टेन्ट आदि जे पनि उद्देश्य बनाएर अनि मात्र अगाडि बढ्न सक्नुहुन्छ। युवाहरू फुर्सदमा बस्नै हुँदैन, आफूलाई केही न केहीमा व्यस्त बनाइ राख्नुपर्छ। चाहे तपाईं कविता लेख्नुस्, कुनै सङगठनमा स्वयंसेवक बनेर निस्वार्थ भावले आफ्नो कर्म गर्नुस्, चाहे कहिँ अतिरिक्त समयमा अध्यापन गराउनुस् या बच्चाहरूलाई होम ट्युसन दिनुस्। जे गर्नुस् तर आफूलाई सकारात्मक काममा व्यस्त राख्नुस् र हेर्नुस् केही वर्षपछि त्यसको परिणाम आश्चर्यजनकरूपले तपाईंको सामु प्रकट हुनेछ। जीवनमा आराम, मनोरञ्जन, मस्ती पनि चाहिन्छ। त्यसको लागि समय व्यवस्थापन गर्नुस् र घरायसी पर्यटक भएर विभिन्न ठाउँमा घुम्ने गर्नुस्।

यसले तपाईंको सोच, विचार, दृष्यावलोकन, जीवनप्रतिको माया, मोह र ममता अथाहरूपमा बढेर जानेछ। भनिन्छ “जबसम्म एउटा विद्यार्थी विभिन्न ठाउँको भ्रमण गर्दैन, उसको शिक्षा अधूरो रहन्छ।” खासगरेर अहिले हाम्रो देशका युवाहरूमा ठूलो निरासा, बेचैनी र विचलन छ। यसको मुख्य कारण एउटै हो “I want it right now” अर्थात् मलाई अहिले यो चाहियो भन्ने प्रवृत्तिबाट युवाहरू ग्रसित छन्। हो, समस्या त्यहिँ छ। हामीले बाटामा ट्राफिकको नारा देखेका छांै “बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे थाहा छैन”। हतारोले चटारो निम्त्याउँछ। रातारात करोडपति बन्ने सपनाले कति होनहार युवाहरू जेलखानाको जीवन बिताइरहेका हामी सबैले जाने बुझेकै र देखेकै हो। युवा मात्र होइन कुनै पनि व्यक्ति विचलन, निरासा, तनावबाट ग्रसित हुने अर्को मुख्य कारण करनी र कथनीमा एकरूपता नहुनु अर्थात् भन्ने एउटा तर गर्ने अर्को। त्यस्ता व्यक्तिहरू जहिले पनि विचलित नै हुन्छन्।

त्यसकारण हामीले नैतिक चरित्रलाई मात्र सुधार्न सक्यौं भने हामी विचलित हुँदैनौं र जीवनमा जहाँ विचलन छैन, त्यहाँ प्रगति, विकास, सामाजिक प्रतिष्ठा र मानमर्यादा, नाम र प्रसिद्वि, पद, पैसा, पहिचान सबैथोक प्राप्त गर्न सक्छौं र त्यस्तो सफलता दिगो रहन्छ। अब केही कुरा सीप, शिक्षा र प्राविधिक ज्ञानको। शिक्षाको प्रसङग त माथि नै उल्लिखित भइसकेका छन्। सीप र प्राविधिक ज्ञान यदि छैन भने प्राज्ञिक शिक्षाले मात्र हामी आफ्नो गन्तव्यमा कहिल्यै पनि पुग्न सक्दैनौं। त्यसकारण जीवनमा प्रशिक्षण र प्राविधिक ज्ञानको जानकारी अत्यन्त जरूरी छ। आफूलाई प्रत्येक क्षण प्रशिक्षित गर्दै लग्न सकियो भने दु:ख, समस्या, वेदना, पीडालाई हामी धेरै टाढा पुर्‍याउन सक्छौं।

अर्को प्रसङग उल्लेख गर्न चाहन्छु। शिक्षा, सीप र प्राविधिक ज्ञानको साथै हाम्रो संस्कारमा विकास हुनु ज्यादै महत्त्वपूर्ण हुन्छ अर्थात् शिक्षा त छ तर संस्कार छैन भने त्यस्ता व्यक्तिहरूले अवसरहरू गुमाउने छन्। मान्नुस् एउटा व्यक्ति प्राज्ञिकरूपले शिक्षित छ, ऊ कुनै कलेजको प्राध्यापक छ तर बाटोमा उभिएर पिसाब गर्न उसलाई रत्तिभर अप्ठ्यारो लाग्दैन। भन्नुस् त त्यस्तो शिक्षा के काम जसमा संस्कार छैन। त्यसकारण संस्कारी व्यक्तिहरूको सङगत हामीले गर्नुपर्छ। उनीहरूका आचरण, बोल्ने शैली, अरूलाई कसरी आफूले शिष्टाचारिता निभाउने जस्ता आध्यात्मिक र चारित्रिक आचरणको स्वीकारोक्ति र पालना नै वास्तवमा संस्कार हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको

सङ्घीय संसद्को निर्वाचन भएपश्चात् एक वर्षमा दुई अधिवेशन सकिएर तेस्रो अधिवेशनको तयारीमा छ सरकार । जनताबाट निर्वाचित भएर संसद्मा आएका

सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरुको स्थानीय नगरप्रमुखदेखि केन्द्रीय प्रतिनिधि अर्थात राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर

नेपालले अर्थतन्त्रको आकार बढाउनुपर्नेछ। नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता छ। नयाँ-नयाँ रोजगारी सृजना गर्दै आर्थिक गतिविधि बढाउनुपर्नेछ। अर्थतन्त्रमा