"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘नेपाल आइडल–५’ को उपाधि बर्दियाका करण परियारले जिते

प्रकाशित मिति :  १० असार २०८१, आईतवार १३:४५


काठमाडौँ । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै करणले उपाधि जितेका हुन् ।

विजेता परियारले नगद २५ लाख रुपैयाँसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भइन् । उनले १० लाख रुपैयाँ पाइन् । त्यस्तै तेस्रो भएका दार्जीलिङका सचिन विश्वकर्माले ५ लाख रुपैयाँ पाए । त्यस्तै चौथो स्थान हात पारेका दार्जीलिङकै मोहित भुजेलले स्कुटर पाए ।

‘नेपाल आइडल’को पाँचौँ संस्करणको निर्णायकमा न्हू बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए । अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली उपन्यासकार हान काङले पाएकी छन्। स्विडिस एकेडेमीले ‘द भेजिटेरियन’ उपन्यासका लेखिका हाङलाई पुरस्कार दिने घोषणा

काठमाडौँ – शमी साहित्य प्रतिष्ठानले ६ जना स्रष्टाहरूलाई सम्मान गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा गत शनिबार प्रतिष्ठानले एक

काठमाडौं – पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ। चार लाख दुई हजार दुई

काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई