"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘बोक्सीको घर’ ५१ दिनमा

प्रकाशित मिति :  ३ असार २०८१, आईतवार १९:१७


काठमाडौं । केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मले प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो ।

चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार फिल्मको कमाइ १० करोडभन्दा माथि छ । बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘बोक्सीको घर’ २०८१ सालमा प्रदर्शनमा आएका फिल्ममध्ये सर्वाधिक कमाउने घरेलु फिल्म समेत बनेको छ ।

अन्य मुख्य मल्टिप्लेक्सबाट फिल्म हट्दा रञ्जना हलमा भने यसले निरन्तरता पाइरहेको छ । अभिनेत्री समेत रहेकी केकीको होम प्रोडक्सनबाट बनेको यो पहिलो फिल्म समेत हो ।

आफ्नो फिल्म व्यावसायिक रुपमा सफल भएकोमा उनले दर्शकप्रति आभार व्यक्त गरेकी छन् । यतिबेला सुलक्षण भारती निर्देशित फिल्म विदेशमा समेत चलिरहेको छ । केकी आफैं फिल्म लिएर विदेश दौडाहामा छिन् ।

हालै उनले युरोप र मध्यपूर्वको यूएईमा पनि फिल्मको स्क्रिनिङ गरिन् । अस्ट्रेलिया र अमेरिकामा पनि फिल्म प्रदर्शन भइसकेको छ । उनले विदेशबाट समेत सकारात्मक प्रतिक्रिया आइरहेको बताएकी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- लेखक धर्मेन्द्र नेम्बाङले एकसाथ चार कृति बजारमा ल्याएका छन्। जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण

काठमाडौँ- प्राध्यापक कृष्ण गौतमको निबन्धसंग्रह ‘रानीहार’ प्रकाशित भएको छ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। निबन्धसंग्रहमा आयु, जीवन, आकाश, विद्यार्थी, आँखा,

काठमाडौँ – आज विश्व प्रतिलिपि अधिकार दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशि