"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्व विद्यार्थी समाज एनआरएन कलेजद्वारा रक्तदान तथा निशुल्क स्वास्थ शिविर सम्पन्न

प्रकाशित मिति :  १९ बैशाख २०८१, बुधबार १२:५१


काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य र नेपाल एपीएफ अस्पतालको सहयोगमा एनआर कलेजको पूर्वविद्यार्थी समाजले काठमाडौँको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा बैशाख १७ गते एकदिने रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

कलेज समुदाय सहकार्य कार्यक्रमअन्तर्गत संचालित स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परीक्षण, स्त्री रोग, बाल रोग, आँखा, थाइराइड, ईएनटीलगायत रोगहरुको निःशुल्क परीक्षण गरिएको थियो।

शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा गरी कुल २६४ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै ४१ जनाले रक्तदान गरेका थिए।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललगायत संघका पदाधिकारी, स्थानीय भद्रभलादमी, एनआर कलेजका शिक्षक तथा पूर्वविद्यार्थी र स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सम्योजन पुर्व विध्यार्थी समाजका अध्यक्ष परोपकार अधिकारे गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा