"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कनेक्ट आइपिएसबाट भन्सारसम्बन्धी भुक्तानीहरू कसरी गर्ने?

प्रकाशित मिति :  १६ माघ २०७८, आईतवार १४:५८


काठमाडौं, माघ १५ । व्यवसायहरू र तिनका एजेन्टहरूले अब भन्सार विभागलाई नेपाल क्लेरिङ हाउस लिमिटेड (एनसिएचएल), बैंक वा वालेटहरूको विभिन्न भुक्तानी च्यानलहरू प्रयोग गरेर ई-भुक्तानी गर्न सकिने भएको छ। 

भन्सार विभागको प्रणाली ‘एएसवाइसियुडिए’ लाई एनसिएचएल प्रणालीसँग एकीकृत गरिएको हो, जसले गर्दा भन्सारसम्बन्धी भुक्तानी कुनै पनि निर्दिष्ट च्यानलहरू जस्तै कनेक्ट आइपिएस, कर्पोरेटपे र बैंक शाखाहरूमा उपलब्ध एनसिएचएल बैंक सेन्ट्रलमार्फत गर्न सकिन्छ। उपभोक्ताले गरेको भुक्तानी सफल भएपछि उक्त विवरणहरू स्वचालित रूपमा एएसवाइसियुडिएमा पोस्ट गरिन्छ।

भुक्तानी गर्नुअघि आवश्यक पर्ने विवरण:

भन्सार क्लियरेन्स र एएसवाइसियुडिएमा उपभोक्ताहरूको आवश्यकता अद्यावधिक गर्नको लागि भन्सारसम्बन्धी सामान्य प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसपछि, एएसवाइसियुडिए प्रणालीबाट जेनेरेट हुने निम्न अनिवार्य विवरण ई-भुक्तानी सुरु गर्न आवश्यक छ।

– भन्सार कार्यालय (ड्रप डाउन सूचीमा देखाउँछ): भन्सार कार्यालय जसमा भुक्तानी गर्ने हो

– दर्ता वर्ष: एएसवाइसियुडिए प्रणालीबाट पाइन्छ

– दर्ता क्रम (ड्रप डाउन सूचीमा देखाउँछ): एम वा एक्स (एम आयात र एक्स निर्यातको लागि) छनौट गर्ने

– दर्ता नम्बर: एएसवाइसियुडिए प्रणालीबाट जेनेरेट हुन्छ, जसको तर्फबाट भुक्तानी गरिने हो

यी प्रविधिबाट यसरी गर्नुहोस् भन्सार विभागमा ई-भुक्तानी

१.  कनेक्ट आइपिएस

कनेक्ट आइपिएसको मद्दतमा उपभोक्ता/प्रयोगकर्ताहरूले आफ्‍नो बैंक खाताबाट सजिलै ई-पेमेन्ट (कारोबार) गर्न सक्छन्। यसको लागि प्रयोगकर्ताले अगावै कनेक्ट आइपिएसमा आफ्नो बैंक खाता भने कनेक्ट गरेर सम्बन्धित बैंकबाट आफ्नो खाता प्रमाणित गर्नुपर्नु हुन्‍छ। हाल कनेक्ट आइपिएस वेब संस्करण र मोबाइल एपमा उपलब्ध छ। यसमा एकै पटकमा दुई वा दुईभन्दा बढी बैंक खाताहरू लिंक गर्न मिल्छ। 

कनेक्ट आइपिएसको वेब पोर्टलबाट २० लाख रुपैयाँसम्मबो कारोबार गर्न सकिन्छ भने यसको मोबाइल एपबाट २ लाखसम्मको कारोबार गर्न सकिन्छ। दिनमा कति पटकसम्म कारोबार गर्न सकिन्छ भन्ने बैंकअनुसार, नेपाल राष्ट्र बैंकको नियमहरू अनुसार हुन्छ। यसबारे थप जानकारीको लागि कनेक्ट आइपिएसको वेबसाइट अथवा एनसिएचएलको वेबसाइट बाट लिन सकिन्छ। 

भन्सार विभागमा ई-भुक्तानी गर्ने तरिका

– आफ्नो युजरनेम र पासवर्ड हालेर कनेक्ट आइपिएसमा लग इन गर्ने

– ड्यासबोर्डमा कसलाई, केमा भन्ने जस्ता विभिन्न विकल्पहरू हुन्छन्। त्यसमध्ये ‘गभर्नमेन्ट अफ नेपाल’ अर्थात् नेपाल सरकार भन्ने विकल्प चयन गर्ने

– त्यसपछि ‘डिपार्टमेन्ट अफ कस्टम’ अर्थात् भन्सार विभाग भन्ने विक्लप चयन गर्ने

– यसमा पठाउनेको विवरण भर्ने, जुन भनेको प्रयोगकर्ताको बैंक विवरण हो। यसबाहेक अन्य आवश्यक विवरणहरू भरिदिने

– ‘बेनिफिसियरी डिटेल्स’ भन्ने विकल्पमा भने प्रयोगकर्ता एएसवाइसियुडिए प्रणालीबाट प्राप्त रजिस्ट्रेसन साल, सिलियल, नम्बरलगायत विवरण भर्ने

– सम्पूर्ण विवरण ठिक भए, अन्तिममा ‘मेक पेमेन्ट’ गरेर कारोबारको लागि प्रक्रिया अघि बढाउने

– भुक्तानी सफल भएपछि प्रयोगकर्ताले रिपोर्टहरू पाउनेछन्। र, थप प्रक्रियाको लागि सम्बन्धित भन्सार कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ। 

यसरी कनेक्ट आइपिएस प्रयोगकर्तारूले सहजै भन्सार विभागमा आवश्यक कारोबारको ई-भुक्तानी गर्न सक्नेछन्। 

त्यस्तै, ग्राहकहरूले कर्पोरेटपे र बैंक शाखाहरूमा उपलब्ध एनसिएचएल बैंक सेन्ट्रलमार्फत पनि भन्सारसम्बन्धी कुनै पनि भुक्तानी गर्न सक्छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने

काठमाडौँ । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । दुई

काठमाडौं। ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।नेपाल