"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

प्रकाशित मिति :  १६ बैशाख २०८१, आईतवार १७:३७


काठमाडौं। ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी २१.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गरेका हुन्। विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वित्तीय

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई स्पष्टीकरण सोधिएको छ ।

काठमाडौं । सरकारले हरे वर्ष ल्याउने बजेट लक्ष्य अनुसार खर्च किन हुदैन आर्थिक वर्षको अन्त्यमा कहिले पनि छलफल गर्ने गरेको छैन

स्याङ्जा । गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत २५६ बीउ बाख्रा वितरण गरिएको छ । ‘भोकालाई एक छाक भोजन