"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महालेखापरीक्षक रायद्वारा पद तथा गोपनीयताको शपथग्रहण

प्रकाशित मिति :  ६ बैशाख २०८१, बिहीबार १७:०१


काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरिक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरुलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको सचिव रहेका रायलाई सरकारले महालेखापरीक्षक नियुक्त गरेको हो । पूर्वअर्थसचिव समेत रहेका राय प्रधानमन्त्री कार्यालयमातहतको तथ्यांक कार्यालयमा सचिव थिए । महालेखापरीक्षक नियुक्तिका लागि सिफारिस भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद