"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रकाशित मिति :  ५ बैशाख २०८१, बुधबार २१:५५


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् । भेटका लागि प्रधानमन्त्री दाहाल बुधबार अपरान्ह शितलनिवास पुगेका थिए ।

भेटमा समसामयिक विषयहरुमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ‘यो नियमित भेट नै हो,’ उनले भने, ‘त्यस्तो विशेष भेटघाट होइन, मुलुकका पछिल्ला घटनाक्रमहरुका विषयमा प्रधानमन्त्रीले व्रिफिङ गर्नुभएको हो।’

संसद् बन्द रहेका बेला राष्ट्रपतिसँग भएको भेटमा प्रधानमन्त्री दाहालले सरकारले गर्न लागेको लगानी सम्मेलन र त्यसअघि गर्नैपर्ने कानूनको संशोधन गर्ने गरी अध्यादेशहरु ल्याउने विषयमा परामर्श गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्।  उनले २७७७२ मत पाएका छन्।

काठमाडौँ । गण्डकी प्रदेश सरकारमा सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेर नियुक्ति लिएका मुख्यमन्त्री खगराज अधिकारीले वैधता पाएका छन्। संविधानअनुसार सभामुखको

काठमाडौँ । बझाङको प्रदेशसभा १(१)मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको छ। आज दिउँसो सम्पन्न मतगणनापछि एमाले उम्मेदवार दमनबहादुर भण्डारी