"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिरहेको अध्यक्ष ओलीको आरोप

प्रकाशित मिति :  २ बैशाख २०८१, आईतवार १६:२६


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिरहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आइतबार रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताएका हुन्। 

हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको उनले बताए।  उनले संसद पुराना अनुभवहरू लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई कांग्रेसले सच्याउनुपर्ने बताए।

‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिरहेको छ क्या। यस्तो गर्नुहुँदैन। संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ। त्यसको नम्स्, भ्यालुज कसरी अगाडी बढ्ने भन्नेकुरा,’ उनले भने, ‘उहाँहरू तर्कमा आउनुहुन्न। ढिपी, जिद्दीमा जानुहुन्छ। त्यो तरिका उहाँहरूले सच्याउनुपर्छ। यसमा आवेश, उत्तेजनाको काम छैन।’

नेपाली कांग्रेसले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताए। अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताए। उनले वर्तमान सरकार भर्खरै आएकाले धेरै विधेयकहरू परित गर्न नसकेको बताए। 

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । गण्डकी प्रदेश सरकारमा सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेर नियुक्ति लिएका मुख्यमन्त्री खगराज अधिकारीले वैधता पाएका छन्। संविधानअनुसार सभामुखको

काठमाडौँ । बझाङको प्रदेशसभा १(१)मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको छ। आज दिउँसो सम्पन्न मतगणनापछि एमाले उम्मेदवार दमनबहादुर भण्डारी

काठमाडौँ ।  जीबी राई समूहले सञ्चालन गरेको काठमाडौं स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी

इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४