"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दीपेन्द्रको कप्तानीमा बरोडाविरूद्ध नेपाली टिमले फिल्डिङ गर्दै

प्रकाशित मिति :  २३ चैत्र २०८०, शुक्रबार १३:०६


काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको रणजी टिम बरोडाविरूद्ध पहिले फिल्डिङ गर्ने भएको छ।  टस जितेको बरोडाले ब्याटिङ रोजेसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको हो।  नेपाली टिममा चार परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ। अघिल्लो खेलमा उनी टिममा थिएनन्।

खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेखलाई आराम दिइएको छ। करण केसी टिममा फर्किदा आकास चन्द र ललित राजवंशीलाई पहिलो पटक खेलाइएको छ।  यसअघि नेपाली टिमले लगातार तीन खेल जितेर फाइनलमा स्थान बनाइसकेको छ। नेपालले गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो। 

नेपालले फाइनलमा आइतबार गुजरातसँग खेल्दैछ। नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वेस्ट इण्डिज ए विरूद्धको टी-२० सिरिजमा नेपालले आज चौथो खेल खेल्दैछ। तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता

काठमाडौं। वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी-२०