"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

प्रकाशित मिति :  २२ चैत्र २०८०, बिहीबार १९:०२


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक नबसेरै उनले राजीनामा दिएका हुन् ।

केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादीले गठबन्धन फेरेसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको थियो । प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । नाउपा (७), राप्रपा (१) र स्वतन्त्र सांसद (१) लाई मिलाएर सरकार जोगाउने उनको प्रयास थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा