"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ५ प्रतिशत तल

प्रकाशित मिति :  २२ चैत्र २०८०, बिहीबार १८:५७


काठमाडौँ । २०८० फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.८२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो वृद्धिदर ७.४४ प्रतिशत थियो ।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९५ प्रतिशत छ । जसअनुसार मरमसला उप–समूहको मूल्यवृद्धि २८.१७, तरकारीको १४.०७ , दाल तथा गेडागुडीको ११.२२, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ । सोही अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्यवृद्धिदर ११.७९ प्रतिशतले घटेको हो ।

चालु वर्षको आठ महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१, विविध वस्तु तथा सेवाहरूको १०.६७ र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ । तर यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.१५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । दुई

काठमाडौं। ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।नेपाल

काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन् ।