"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सात महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स

प्रकाशित मिति :  २७ फाल्गुन २०८०, आईतवार १६:५१


काठमाडौं । नेपालमा मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांक अनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो वर्ष भने रेमिट्यान्स आप्रवाह बढेको छ ।

७ महिनाको तथ्यांक तुलना गर्दा २०७९ माघको तुलनामा माघ २०८० मा २१.६ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो । वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा खुम्चिएको पाइएको छ । अघिल्लो वर्ष माघ महिनामा २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले मात्र बढेको थियो ।

यस वर्ष माघसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ४७ हजार १२ जना रहेको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष यसै अवधिमा ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ । अघिल्लो वर्ष यो संख्या १ लाख ६७ हजार ७०८ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।नेपाल

काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन् ।

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले