"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव निलम्बित

प्रकाशित मिति :  १३ फाल्गुन २०८०, आईतवार ११:३३


दाङ । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवलाई भ्रष्टाचारको मुद्दा लागेपछि  प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकाले उनी स्वतः  निलम्बनमा परेको लुम्बिनी प्रदेश सभा सचिवालयले शनिबार सूचना जारी गरि जानकारी दिएको हो । 

प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले सूचना जारी गरि यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेकाले सोही अनुसार निलम्बन गरिएको जानकारी दिए । यादव विरुद्ध सार्वजनिक सम्पति (वन पैदावार)को हानीनोक्सानी गरि भ्रष्टाचार गरेको भन्ने विषयमा फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो । 

उनी कपिलवस्तु क्षेत्र नम्बर ३ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद यादव यस अघि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री भएका थिए । उनलाई मुद्दाको किनारा नलाग्दासम्म निलम्बित गरिएको हो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा