"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिकोणात्मक शृंखलाका लागि नेपाली टिमको घोषणा

प्रकाशित मिति :  २ फाल्गुन २०८०, बुधबार ११:०७


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी मेन्स सीडब्लूसी लिग–टुअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि बुधबार नेपाली टिमको घोषणा गरेको छ । रोहित पौडेलको नेतृत्वमा रहेको टिममा १५ सदस्य छन् र त्यसमा अनिल शाह र देव खनाललाई पनि समावेश गरिएको छ ।

टिममा परेका अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ छन् ।

त्रिकोणात्मक शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबारको आफ्नो पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । शनिबारको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा

काठमाडौँ ।  वेस्टइन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५