"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वेक्षणमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

प्रकाशित मिति :  १ फाल्गुन २०८०, मंगलवार ११:०५


काठमाडौँ । नेपालको कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ । यो नेपालको कुल जनसंख्याको करिब ५८ लाख हो । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौँथो (२०७९/८०) सर्वेक्षणले यस्तो तथ्य देखाएको हो ।

तेस्रो सर्वेक्षण प्रकाशित भएको करिब १२ वर्षपछि कार्यालयले चौँथो सर्वेक्षण सार्वजनिक गरेको हो ।

यसअघिको सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा सर्वेक्षणको विधि समान भएपनि उपभोग्य वस्तुहरुको डालो (फुड वास्केट)मा व्यापक परिवर्तन गरिएकाले अहिलेको गरिबीको तथ्यांक अघिल्लो सर्वेक्षणको तथ्यांकसाग तुलना गर्न नमिल्ने कार्यालयले प्रस्ट्याएको छ ।

‘यस सर्वेक्षणमा गरिएको गरिबीको रेखा अद्यावधिक गरिएको कारणले अघिल्ला सर्वेक्षणहरुसाग प्रत्यक्ष रुपमा तुलना गर्न सकिदैन,’ राष्ट्रिय तथ्यांक कार्यालयले भनेको छ ।

सर्वेक्षणका अनुसार खाद्य गरिबीको रेखा ३५ हजार २९ रुपैयाा र गैरखाद्य गरिबीको रेखा ७२ हजार ९ सय ८ कायम हुन आएको छ । यसले ०७२ सालमा आएको महाभूकम्प र कोरोना जस्ता महामारी जस्ता कारणहरुबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको सर्वेक्षणले देखाएको छ ।

‘नयाँ गरिबीको रेखाअनुसार २०.२७ प्रतिशत जनसंख्या गरिबी रेखामुनि रहेको देखिन्छ,’ सर्वेक्षणमा भनिएको छ । गरिबीको दर शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत रहेको देखिन्छ ।

प्रदेशगत रुपमा हेर्दा मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा गरिबीको दर राष्ट्रिय गरिबीको दरभन्दा बढी देखिएको छ । तर, गण्डकी, वाग्मती र कोशी प्रदेशमा गरिबीको दर राष्ट्रिय दरभन्दा कम रहेको सर्वेक्षणमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १०

काठमाडौँ – सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय

काठमाडौँ — काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (सातौं तह) रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको