"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका

प्रकाशित मिति :  २१ माघ २०८०, आईतवार १६:३०


काठमाडौँ । आगामी फागुन २१ गते नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ। फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी छ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिएको छ। फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष चयन गर्ने कार्यतालिकामा उल्लेख छ।

फागुन २० गते वर्तमान राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदै छ। उनीसहित २१ राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनेछ।

रिक्त रहने सदस्य पदका निम्ति निर्वाचन भइसकेको छ। यही माघ ११ गते निर्वाचन भएको थियो। त्यसबाट १९ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका छन्। रिक्त रहने बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ।

फागुन २१ गते नवनिर्वाचित सांसदहरूको शपथ र स्वागत तथा सभामा उनीहरूबाट अपेक्षा प्रस्तुत गर्ने कार्यतालिका तय छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । मंगलबार आयोजित