"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

प्रकाशित मिति :  २१ माघ २०८०, आईतवार १४:०५


काठमाडौँ । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण असार ६ देखि ९ सम्म हुने भएको छ । अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिंङ्टन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवसको आवेदन खुला गरिएको छ। 

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै विभिन्न विधाका फिल्म प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसियासहित अन्य देशका स्वतन्त्र फिल्म महोत्सवको प्राथमिकतामा पर्ने जनाइएको छ ।

अमेरिकाका वासिंङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत फिल्म देखाइनेछन् । स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिवल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएका फिल्म यो वर्ष पनि समावेश हुनेछन् ।

‘सन् २०२३ मा भौतिक रुपमै आयोजना भएको महोत्सवको भव्यताले आगामी वर्ष पनि आयोजना गर्न थप उत्साहित भएका छौं । यसले सम्पूर्ण दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूति गराउने विश्वास लिएका छौं,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने। कोभिड महामारीका कारण अघिल्ला दुई महोत्सव अनलाइनमार्फत आयोजना गरिएका थियो । आवेदनबाट छनौट भइ प्रदर्शनमा आएका फिल्मलाई विभिन्न अवार्डबाट पनि दिइनेछ । साथै, फिल्मका विविध विषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– २०८० सालको मदन पुरस्कारका लागि पाँचवटा पुस्तक छानिएका छन्। यसरी छानिएका पुस्तकहरूमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’,

काठमाडौँ – नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक

काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणमा १५ वटा कृतिको सूची सार्वजनिक गरेको

काठमाडौँ । नेपाल आइडल पाँचौ सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर बधाइ दिएका छन्। आज बिहान प्रधानमन्त्रीको