"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति समक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन बुझाइयो

प्रकाशित मिति :  १४ माघ २०८०, आईतवार १६:२३


काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् । ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा थपलियाले मौन अवधिमा गरिएको चियापानप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेता शेखरले १० माघमा विराटनगरस्थित आफ्नो निवासमा चियापान आयोजना गरेका थिए । उक्त चियापानमा गठबन्धनका नेता–कार्यकर्ता कोइराला निवास पुगेका थिए । शेखरले चियापान गरेकै दिन अर्को स्थानमा एमाले–राप्रपाका नेताहरु पनि चियापानका लागि विराटनगरमा जुटेका थिए ।

राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले ९ माघदेखि मौन अवधि तोके पनि दलहरुले त्यसको पालना नगरेकोमा प्रमुख निर्वाचन आयुक्त थपलियाको गुनासो थियो ।आयोग स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कतिपय जनप्र्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा पनि थपलियाले गुनासो गरेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेका थिएनन् । निर्वाचन प्रतिवदेन राष्ट्रपतिलाई बुझाउने क्रममा प्रमुख आयुक्त थपलियाले मत बदर हुनु दुर्भाग्य भएको पनि बताएका थिए । कोशी प्रदेशमा मत बदर भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा