"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

प्रकाशित मिति :  १० माघ २०८०, बुधबार १८:०४


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजेका लागि संघीय संसद्का‌ दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार मन्त्रिपरिषद्ले‌ सिफारिस गरेअनुसार बुधबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाएका हुन् ।

राष्ट्रपति पौडेलले माघ २२ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

संविधानको धारा ९३ को उपधारा (१) मा मन्त्रिपरिषद्को‌ सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा