"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक पुगे

प्रकाशित मिति :  ४ माघ २०८०, बिहीबार १४:५८


मुगु । कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रारा घुम्न ६ महिनामा ६ हजार सात सयभन्दा बढी पर्यटक पुगेका छन्। रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार पाँच सय ५७ सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ जना गरी ६ हजार  सात सय १३  पर्यटकले रारा भ्रमण गरेका हुन्।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षक अधिकृत राजु घिमिरेले ६ महिनामा ६ हजार सात सय १३ पर्यटकले रारा भ्रमण गरेको बताए। चालू वर्षको सुरुवाती ६ महिनामै रारा आउने पर्यटकको संख्या वृद्धि हुनुले सुखद र खुसीको लक्षण देखिएको पनि उनको भनाइ छ।

दसैँ/तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएको निकुञ्जले जनाएको छ। यो चालू आवको ६ महिनामा रारा घुम्न आउने पर्यटकबाट उठाइएको शुल्क र अन्य सजाय, जरिवानाबाट निकुञ्जले  करिब २२ लाख १८ हजार राजस्व असुल गरेको पनि रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र अन्य विदेशी एक सय ८३ पर्यटक रारा आएका थिए। कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमन बढ्ने देखिएको छ।

निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र सार्क मुलुकबाहिरका पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ।

हवाईमार्गबाट ७५ प्रतिशत र सडकमार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमणमा आउने गरेका छन्। पर्यटन व्यवसायीहरूले भने सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन्। अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटेल र मनोरञ्जनका साधनसमेत छैनन्।

भरपर्दो सडक, सुविधासम्पन्न होटेल नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँजसाे गर्दैआएका छन्। यो जाडो मौसममा पनि रारा आउने पर्यटकको संख्या बढेको देखिन्छ। यो वेला रारा क्षेत्रको  तापक्रम रातिमा माइनस आठ र बिहान दिउँसो माइनस पाँचसम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर बास्मती रावलले जनाइन्।

यति धेरै चिसो हुँदाहुँदै पनि विगत वर्षहरूमा वर्षभरि आउने पर्यटनभन्दा बढी यसपटक चालू वर्षको सुरुवाती ६ महिनामै आएका छ्न्। यही रेसियोमा हेर्ने हो याे वर्षभरि रारामा पर्यटक १५–१६ हजारसम्म पुग्ने अनुमान गरिएको छ। यस वर्ष हिमपात नभएकाले हिउँ परे रारामा हिउँ खेल्न आउने पर्यटक बढ्ने पनि निकुञ्जले अनुमान गरेको छ।

  • नयाँ पत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको

काठमाडौं। ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।नेपाल

काठमाडौं। शनिबार इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट