"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चन्द्रागिरिका इन्जिनियर पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  २२ पुष २०८०, आईतवार १६:२८


काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं. १४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार पन्तविरूद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

उनले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना पाएपछि खटिएको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले आइतबार मुद्दा दायर गरेको हो।

अख्तियारले २५ हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीन महिना कैद र जरिवाना मागदाबी गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ।

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरी खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा