"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

थयान्क्यु सिनेमाकाे व्यानरमा चलचित्र निर्माण हुने

प्रकाशित मिति :  २१ पुष २०८०, शनिबार १३:१८


काठमाडौं । थ्यान्क्यु सिनेमाकाे ब्यानरमा चलचित्र निर्माण हुने भएकाे छ । चलचित्रकाे नाम सार्वजनिक नभएपनि अहिले स्कृप्ट लेखनकाे कार्य धमाधम भइरहेकाे छ । चलचित्रमा विशेषगरी रंगमञ्चमा काम गरेका कलाकारहरूलाई प्राथमिकता दिइने निर्माण पक्षले जनाएकाे छ । यसअघि एकमात्र कलाकार राखेर `अन्तिमपाना´ चलचित्र निर्माण गरेका दिवाज राई किराँती नै चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रकाे स्कृप्ट लेखन जीवन थापा क्षितिजले गरिरहेका छन् । अहिलेसम्म ५० प्रतिशत स्कृप्ट लेखनकाे कार्य सकिएकाे थापाले जानकारी दिए । थापा विगत एक दशकदेखि रंगमञ्चसँगै चलचित्र लेखन निर्देशनमा सक्रिय छन् । चलचित्रकाे छायांकन आगामी भदाैदेखि सुरू हुने निर्माता राईले जानकारी दिए । यसकाे छायांकन नेपालका विभिन्न स्थान तथा विदेशमा पनि हुने उनले बताए । करिव तीन कराेडकाे लगानीमा फिल्म निर्माण हुने छ । अहिले कलाकार र निर्देशककाे भने टुङ्गाे लागिसकेकाे छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली उपन्यासकार हान काङले पाएकी छन्। स्विडिस एकेडेमीले ‘द भेजिटेरियन’ उपन्यासका लेखिका हाङलाई पुरस्कार दिने घोषणा

काठमाडौँ – शमी साहित्य प्रतिष्ठानले ६ जना स्रष्टाहरूलाई सम्मान गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा गत शनिबार प्रतिष्ठानले एक

काठमाडौं – पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ। चार लाख दुई हजार दुई

काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई