"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

प्रकाशित मिति :  ४ पुष २०८०, बुधबार १२:०१


काठमाडौं । बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत पनि गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नती हुने छन् । सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०/५० बेडमा स्तरोन्नती हुने छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए । बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ३ गतेकै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको मुख्यमन्त्री जमकट्टेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक(करप्सन पर्सेप्सन इन्डेक्स-सीपीआई) मा नेपालको अवस्था गतवर्षभन्दा खस्किएको छ

काठमाडौं – पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । फागुन ३ गते प्रदर्शनी केन्द्रमा एक

काठमाडौँ – काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँको भ्रष्टाचार गरेको मुद्दा दायर भएको

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सोलुखुम्बुको जलवायु सम्बन्धी गोष्ठी गरेको छ । जलवायु परिर्वतनबारे भएको संगोष्ठीको मुख्य सन्देश