"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बैंकिङ क्षेत्र छोड्दै विदेशिनेहरुको जमात बढदै

प्रकाशित मिति :  २० कार्तिक २०८०, सोमबार १०:२६


अहिले नेपालीहरु अत्याधिक रुपमा विदेशिएको बेला बैंकमा जागिर गरिरहेकाहरू पनि थपिन थालेका छन्।

अहिले बैंंकमा जागिर गर्नेहरु धमाधम राजीनामा दिने गरेको कारण यो कुरा बाहिर आएको हो ।
बैंकका अनुसार पछिल्लो समय बैंक छाड्नेमध्ये करिब ७० प्रतिशत विदेश पलायन र ३० प्रतिशतले अर्को कुनै बैंक तथा वित्तीय संस्थामा गइरहेका छन्।

अन्य जागिरमा भन्दा बैंकहरूमा तुलनात्मक रूपमा राम्रो पारिश्रमिक र सुविधा हुन्छ। बैंकरहरूका अनुसार अहिले बैंकमा नवप्रवेशीले ३५ हजार तलब पाउँछन्। एमबिए वा स्नाकोत्तर गरेकाहरूले सुरूमै ४० हजारदेखि ५० हजार रूपैयाँ तलब पाउँने गरेको तथ्य छ।

तर अहिले बैंंकहरुमा भएको समस्या र बैंकहरूबीच देखिँदै गएको काममा दबाब भएकोले पनि यसरी विदेशिनेको संख्या दिनानुदिन बढिरहेको छ।
मुलुक बाहिरिने संख्या बढ्दै जाँदा राम्रो तलब भएकाहरूमा समेत नैराश्यता देखिएको बैंकरहरू भनाइ छ।

अहिले नेपालमा यहां जति गरेपनि केहि हुदैंन भास्यका कारण यो अवस्था सिर्जना भएको अधिकाशं बैंकरहरुको बुझाई रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंकिङ कारोबार गर्ने ९८ प्रतिशत साना उद्यमी तथा व्यवसायीमध्ये ५६ प्रतिशतले मात्रै बैंकिङ प्रणालीबाट कर्जा पाउने गरेको देखिएको छ।विश्व

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको

काठमाडौँ । सरकारले कर दिवसको अवसर पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ । व्यवसाय

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ । समग्र