"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा सीमित

प्रकाशित मिति :  ३० बैशाख २०८१, आईतवार १९:३७


काठमाडौं । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्य वृद्धिदर खुम्चिएको देखिन्छ । गत आर्थिक वर्षको चैतमा यस्तो मूल्य वृद्धिदर ७.७६ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.२१ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर ४.१४ प्रतिशत छ । खाद्य समूहमा पनि मरमसला उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च देखिन्छ । मरमसला उपसमूहको मूल्य २२.६४ प्रतिशत, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्यजन्य पदार्थको ७.५९, गैर मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशत बढेको छ । घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने १०.१० प्रतिशत घटेको छ ।

सेवासमूह अन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।

चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  नेपाल राष्ट्र बैंकले ४५ दिनपछि नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  चैतसम्ममा

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न सुझाव दिएका छन्। देउवाले उपप्रधानमन्त्री

काठमाडौँ – सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको