"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बीपी साहित्य महोत्सवको यस्तो छ कार्यक्रम तालिका

प्रकाशित मिति :  २३ भाद्र २०८०, शनिबार १७:०७


काठमाडौं । नेपाली कांग्रेसले यही भदौ २४, २५ र २६ गते  हुने बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका टुंगो लगाएको छ । सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले तीन दिने हुने महोत्सवको कार्यक्रम तालिका तयार पारेको हो ।

उक्त तालिका अनुसार पहिलो दिन उद्घाटन सहित ८ वटा सेसन रहेका छन् । जसमा बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ रहेको छ ।

दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साझ रहेका छन्।

यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ।

महोत्सव आयोजक समितिमा समितिमा कवि तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, डा. शैलेन्द्रप्रकाश नेपाल, राजेन्द्र पराजुली सदस्य छन् ।

त्यस्तै पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सतार, नैनसिंह, राजीव ढुंगाना, दिलमान पाख्रिन, प्रकाश रसाइली, रंगमती शाही पनि सदस्य छन् ।

त्यस्तै हरिशरण नेपाली, प्रा. डा. गोविन्दराज पोखरेल, नानु बास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, सवुज बानियाँ, जितेन्द्र श्रेष्ठ पनि सदस्य रहेका छन् ।

त्यस्तै सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बु, परशुराम पोखरेल र प्रताप पौडेल पनि सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । न्युरोडस्थित रञ्जना सिनेप्लेक्स

काठमाडौँ । नेपाली गायन रियालिटी सो भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। हिमालय टिभीमार्फत राती ८ बजे सो को ब्लाइन्ड

काठमाडौँ । फिल्म क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई। राईका कैयौँ फिल्मले दर्शकको मन जित्न सफल भएको छ। हिरोइज्म मात्रै फिल्म

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव-२०८१ का लागि कविता आह्वान गरेको छ। प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका