"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामाजिक सञ्जालको खराब पक्षबाट जोगिने ७ तरिका

प्रकाशित मिति :  ३० श्रावण २०८०, मंगलवार १७:५३


एजेन्सी । सामाजिक सञ्जाल त्यसलाई उपयोग गर्ने मानिसहरु जस्तै सुन्दर छ । तर उपयोगका विषयमा भएका अनुसन्धानहरुले सामाजिक सञ्जालको प्रयोग राम्रोसँग भएको देखाएको छैन । नयाँ विचारको प्रचार-प्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम विस्तारै निराशा पोख्ने, अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै गएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताको जमातमा नयाँ पुस्ता थपिँदै जाँदा जिज्ञासा उब्जिएको छ । के यसको उच्चतम उपयोग गर्न सकिँदैन ? यसको प्रयोगमा देखिएका समस्या समाधान माथिदेखि तल नभएर तलदेखि माथिको अवधारणा अनुसार गर्नुपर्ने हुन्छ । अर्थात् प्रयोगकर्तामार्फत नै सुधार हुनुपर्छ ।

व्यक्तिगत रुपमा यसको सुधारका लागि प्रयोगकर्ताले राम्रो छनौट गर्नुपर्ने हुन्छ । थ्रेड चलाउँदा होस् कि फेसबुक, एक्स होस् वा इन्स्टाग्राम मानिसले त्यसको राम्रो उपयोग गर्नुपर्छ । सामाजिक सञ्जालले मानिसको उपयोग नगरोस् भन्ने कुरामा सचेत हुँदै यी ७ कुरामा विचार गर्नुपर्छ ।

 १. अपरिचितसँग सतर्क

कुनै अपरिचित व्यक्ति भोजमा घुसेर गालीगलौज गर्न थाल्यो र संवादलाई विथोल्न खोज्यो भने त्यस्ता व्यक्तिलाई बाहिर निकालिन्छ । सामाजिक सञ्जालमा भने भड्काउ प्रवृत्तिलाई पनि कहिलेकाहीँ उत्सवका रुपमा लिइन्छ ।

कसैले दुर्व्यवहार गरेको खण्डमा अनुशासित ढंगबाट त्यसको प्रत्युत्तर दिने उपायनै सर्वोत्तम हो । तर सामाजिक सञ्जालमा भने हामी यसको पालना गरिरहेका हुँदैनौं । अश्लिल गालीगलौजका कारण सामाजिक सञ्जाल निकै विषाक्त देखिन्छ ।

कसैले केही नराम्रो गरिरहेका छन् भने त्यस्ता गतिविधिलाई उक्साउने भन्दा निरुत्साहित गर्न जरुरी छ । तब मात्रै मानिसले आफ्नो गल्ती महसुस गर्छ र सामाजिक सञ्जालको शुद्धीकरणको पनि थालनी हुनेछ ।

२. संवेदनशीलता अपनाउने

सामाजिक सञ्जालमा अपनाउनुपर्ने संवेदनशीलतामा मानिसहरु निकै अल्छी छन् । भ्युज बटुल्न अथवा त्यसमा प्रतिक्रिया बटुल्न मानिसहरुले आफ्नो वौद्धिकताको उपयोग गरिरहेका हुँदैनन् । उनीहरुले जस्तो सामग्री पनि सञ्जालमा हाल्ने गर्छन् ।

सामाजिक सञ्जालमा मानिसहरुले विभिन्न सन्दर्भलाई जोडेर आफ्ना विचार पोस्ट गर्छन् । तर जब त्यो कुरा अर्को व्यक्ति वा समूहलाई व्यंग्यात्मक लाग्छ तब त्यसले समस्या उत्पन्न गराउँछ । यो झमेलाबाट बच्ने तरिका भने सरल छ । पोस्ट गर्नुअघि आफैंलाई प्रश्न गर्ने । के यो विषय ठीक छ ? मैले पोस्ट गर्ने विषयका लागि के यो उपयुक्त माध्यम हो ?

केही भनाइहरु च्याटका लागि मात्रै उपयुक्त हुन्छन् । यसलाई ख्याल गर्दै पोस्ट गर्दा संवेदनशील हुन जरुरी छ । केही जिज्ञासा उठान गर्ने हो भने त्यसलाई ट्विटर वा फेसबुकमा राख्दा राम्रो हुन्छ ।

मनोरम दृश्य इन्स्टाग्राममा पोस्ट गर्दा उत्तम हुन्छ भने व्यक्तिगत विषय वा कडा राजनीतिक टिप्पणी निकटका वा विश्वसनीय मानिसहरुलाई इनबक्स गर्दा राम्रो हुन्छ । संवेदनशीलता अपनाउँदा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित झमेला वा खराब प्रतिक्रियाबाट बच्न सकिन्छ ।

३. जनमत परीक्षणको थलो नबनाउने

सामाजिक सञ्जाल लोकप्रियतावादका लागि मात्रै हो । यसले वास्तविक जनमतको प्रतिनिधित्व गर्न सक्दैन । सामाजिक सञ्जालबारे अध्ययन गर्ने संस्था पिउ अनुसन्धान केन्द्रले २३ प्रतिशत अमेरिकनले ट्विटर प्रयोग गर्ने र त्यहाँ सक्रिय २५ प्रतिशतले मात्रै ९७ प्रतिशत ट्वीट गरेको बताएको छ । ५ प्रतिशत अमेरिकन वयश्यकले मात्रै ट्वीट गर्ने अध्ययन केन्द्रको भनाइ छ ।

सामाजिक सञ्जालले आफ्नै समुदायको सेवा गर्ने हुनाले जनमतको आधिकारिक थलो यसलाई मान्न नहुने तर्क छ । यदि प्रयोग गरियो भने त्यसले गलत निष्कर्षमा पुर्‍याउने छ किनभने जनमतको परीक्षणका लागि यी सञ्जाल बनेका होइनन् ।

उदाहरणका लागि टिकटक सबैभन्दा बढी मनोरञ्जनात्मक छ भने ट्वीटर सबैभन्दा बढी चर्को छ । यिनीहरुमा वौद्धिक वा दयालु सामग्री हुने कुनै सुनिश्चितता छैन । प्रविधिका प्रयोगकर्तामा सबैभन्दा बढी नयाँ पुस्ता हुन्छन् ।

उनीहरुले पुराना पुस्ताका दृष्टिकोण वा अनुभव सुन्छन् भन्ने कुनै सुनिश्चतता हुँदैन । त्यसैले बाइडेन सामाजिक सञ्जालमा परीक्षण असफल भएपनि मतदानमा उनी सफल भए । सञ्जालको प्रयोग गर्दा तिनीहरुको सीमालाई ख्याल गरिनुपर्छ । तिनीहरुमा लोकप्रिय कुरा वा विषयले सिंगो मुलुककै प्रतिनिधित्व गर्न सक्दैन ।

४.  क्रोध वा प्रलोभनको प्रतिरोध

ट्विटरको चतुर कुरा के छ भने त्यहाँ अन्यायको सवालमा मानिसहरुले निकैनै आक्रोश पोखेका हुन्छन् । मानिसहरुलाई यो उपयुक्त थलोझैं लाग्छ । तर जब त्यहाँका क्रिया प्रतिक्रिया स्क्रोल गरिन्छ तब थाहा लाग्छ ट्विटर सोचेजस्तो रहेनछ ।

सन् २०२० मा भिडियो गेम स्ट्रिम गर्ने स्टेफेन फभलले यसको गतिलो उदाहरण दिएका छन् । उनले भनेका छन्, ‘अधिकांश सामाजिक सञ्जाल क्रोधले भरिएका हुन्छन् । त्यहाँ ठ्याक्कै उल्टो स्थिति हाबी हुन्छ । यसको पछि कारण छ । कारण भनेको क्रोधको यात्रा हो। ‘

सन् २०३२ मा क्याम्ब्रिज विश्वविद्यालयले गरेको अनुसन्धानले एक व्यक्तिले वैचारिक रुपमा समान व्यक्तिबारे गरेको ट्वीटभन्दा त्यसको विरोधीबारे गरेको ट्वीट सबैभन्दा बढी रिट्वीट भएको थियो ।

यस्तै, सहमतिभन्दा असहमतिनै बढी भाइरल भएको पाइयो । यो अध्ययनले के देखाउँछ भने विरोधीहरुको विषयमा निकै आक्रामक प्रहार हुन्छ भने त्यस्ता गतिविधि दोहोरिएकामात्रै हुँदैनन्  प्रोत्साहन पनि हुन्छ ।

नकरात्क कुराहरु धेरैनै भाइरल हुँदा यसले मानसिक स्वास्थ्य तथा नागरिक समाजको बहसलाई नै असर पुर्‍याएको छ । अनुसन्धानकर्ता ड्रिक थोमसन भन्छन्, ‘सबै बखत अपमानजनक हुँदा आवश्यकताको बखत कसैले पनि विरोध जनाउन सक्दैन ।’

५. तीखा प्रहार निरुत्साहित गर्ने

सन् २०२० मा पिटर विन्डवर्ग ट्वीटरमा ट्रेन्डिङमा आए । यस्तै अन्य माध्यममा पनि उनलाई अपरिचित व्यक्तिहरुले धम्कीपूर्ण चेतावनी दिँदै पोस्ट गरे । यतिसम्म गरियो कि ४९ वर्षीय उनको घरको ठेगानामा सामाजिक सञ्जालमा पोस्ट गरियो । यसको कारण के  थियो भने जर्ज फ्लोएडको समर्थनमा पोस्टर टाँस्दै हिँडेकी युवतीमाथि र्दुव्यवाहार भएको दृश्यमा उनीझै देखिने मानिस पनि कैद थिए ।

त्यस घटनामा पिटरको कुनै पनि संलग्नता थिएन ।  युवतीमाथि दुर्व्यवहार भएको भोलिपल्ट मात्रै घटनास्थल नजिकै विनवर्ग पुगेका थिए । तर उनीमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताको भीडले निकै आक्रमण गर्‍यो । उनीमाथै नभएर मेरिल्याण्डका पूर्व प्रहरी पनि यस्तै आक्रमणको शिकार भए । उनीमाथि आरोप लगाएर गरिएको ट्वीट ५ लाख पटक रिट्वीट भएको थियो ।

सामाजिक सञ्जालका आक्रोशित जमात निकै घातक हुन्छन् । त्यसैले यस्ता गतिविधिमा सामेल नै नहुनु उत्तम हुनेछ । अझै चीनजानै नभएको व्यक्तिमाथिका टीकाटिप्पणीमा सामेल नहुनुनै सबैभन्दा राम्रो विकल्प हो । आफ्नाबारेमा यस्तै अफवाह नफैलियोस् वा मानहानी नहोस् भन्ने चाहने हो भने अरुका विषयमा भएका उस्तै कुरामा आफू सामेल हुनुहुँदैन ।

 ६.आफ्नो बाटोको छनौट

यदि ठूलै जमातले केही विषयबारे बोलिरहेको छ भने त्यसप्रति धारणा राख्न चाहने कुरा प्राकृतिक र स्वभाविक हो । सामाजिक सञ्जालले हामीले नजानेकै कुरामा टीकाटिप्पणीका लागि हौस्याउँछ ।

केही मानिसहरु यस्ता गतिविधिबाट टाढै रहेर नातीनातिना वा आफूले पालेका जनावर र आफ्ना गतिविधिका बारेमा जानकारी दिने पोस्ट राख्छन् ।

बहुसंख्यक मानिस भने टीकाटिप्पणीमा उत्रिन्छन् । नजानेको विषयमा गरिने टीकाटिप्पणीले कालान्तरमा समस्या निम्त्याउँछ । हाम्रो विज्ञताभन्दा बाहिरको क्षेत्रमा गएर टीकाटिप्पणी गर्नुहुँदैन । किनभने ट्विटरजस्ता माध्यमा माफी दर्शाउनका लागि बनेका होइनन् । यो थलो वैचारिक बहसका लागि बनेको हो । जहाँ कसैले एउटा विषयमा धराप थापेको हुन्छ र विज्ञता भन्दा बाहिरै रहेर टिप्पणी गर्दा आक्रमणमा पर्ने संभावना बढी हुन्छ ।

यहुदी विद्वान रब्बिले भन्थे, ‘मैले मेरो जीवनका अधिकांश समय धर्मगुरुहरुसँग बिताएँ । मैले थाहाँ पाएकी अनभिज्ञ विषयमा मानिसका लागि मौनता बाहेकको उत्तम विकल्प केही छैन ।’ उनको यो नीति समाजिक सञ्जाल प्रयोगकर्ताको लागि निकै उत्तम हुन्छ ।

७. आक्रोश ओकल्नुअघि अध्ययन

अधिकांश समयमा हामी हेडलाइन हेरेरै आक्रोशित हुन्छौं । कुनैपनि आलेख वा समाचारको आंशिक विषय मात्रैबाट हामी धारणा बनाइरहेका हुन्छौं । त्यो विषयको सान्दर्भिकता वा त्यसको अर्थ हामी खोतल्दैनौं किनभने सत्य खोतल्ने समय खर्चिनुभन्दा असत्यलाई नै फैलाउन हामी उद्दत हुन्छौं ।

अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आफूले जान्दै नजानेको विषयमा निर्णय दिइहाल्छन् । यसले सार्वजनिक बहसलाई निकैनै प्रदूषित बनाएको छ ।

गाता हेरेर पुस्तकबारे निर्णय लिन नसक्ने कुरा हामीले सानैदेखि पढ्दै आएका हौं । यसलाई नै ख्याल राखेर हेडलाइन वा आंशिक विषयमात्रै पढेर त्यसलाई शेयर गर्न वा त्यसप्रति आक्रोश ओकल्न हतारिनु हुँदैन ।

जान्दै नजानेको विषयमा प्रतिक्रिया दिनु भनेको वौद्धिक विद्रुपता हो । यस्ता गतिविधिले मानिसले आफ्नो प्रतिष्ठाको वजन घटाइरहेको हुन्छ भने सामाजिक सञ्जाललाई कुरुप पनि बनाउँछ । यस्ता बहस कसैले पनि जित्दैन र यस्ता गतिविधिले कसैलाई पनि वौद्धिक कहल्याउँदैन । यस्ता अभ्यासलाई निरुत्साहित गर्नुपर्छ ।

  • एजेन्सीहरुको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले अभद्र र अराजक शैलीमा सामाजिक सञ्जाल प्रयोग गर्नेलाई नियमन गर्ने र कानुनी सजायको भागीदार बनाउँदै छ ।

काठमाडौँ । सरकारले नागरिकले राज्यबाट सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) को प्रयोग अनिवार्य गर्दै जाने रणनीति अघि सारेको

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ