"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा

प्रकाशित मिति :  २५ श्रावण २०८०, बिहीबार १७:२९


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, स्थित २ रोपनी जग्गा र बाँके कोहलपुरको दुई कठ्ठा १७ धुर जग्गा कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले साझाका तत्कालीन अध्यक्ष खड्का, सदस्य सचिव तथा महाप्रबन्धक अमर थापा, सञ्चालक समिति सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा र भोलाप्रसाद न्यौपाने लगायतका विरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुले अत्यन्त कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

आयोगले गीताकुमारी शाहीले बोलपत्रमा अरुको नामको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको भन्दै आयोगले सोही बमोजिम मागदाबी लिएको छ ।

साझा भण्डार सहकारी संस्थाले विना आधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा व्यक्तिलाई जग्गा बिक्री गरी संस्थालाई करोडौं हानी नोक्सानी पुर्‍याएको र व्यक्तिलाई फाइदा गराएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमाडौँ । देशभरिका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा स्वास्थ्यकर्मीहरूले सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्नु पाउ भन्ने

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री कार्कीले