"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महानिर्देशकसहित ४० सहसचिवको सरूवा [सूची]

प्रकाशित मिति :  ५ कार्तिक २०८१, सोमबार १८:२२


काठमाडौँ –  सरकारले एकसाथ ४० जना सहसचिवहरुको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक र प्रदेश सचिवहरू हेरफेर गरेको हो ।

सरकारले उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरूवा गरेको छ । राष्ट्रिय समावेशी आयोगको सचिवमा बलराम निरौलालाई खटाएको छ ।

त्यस्तै, सहसचिवहरू डिलाराम पन्थी, रामकुमार महत्तो, जयकुमार घिमिरे, राजेन्द्रदेव पाण्डे, बाबुराम भण्डारी, बद्रीनाथ अधिकारी, रुद्रप्रसाद पण्डित, बेदप्रसाद भण्डारी, दामोदर गौतम, विनयकुमार कर्ण, शरणकुमार पाण्डे, विष्णु भण्डारी, इन्द्रदेव भट्ट, इश्वरचन्द्र मरहट्टा, सुरतकुमार बम, प्रेमकुमार सिंह र अणप्रसाद न्यौपानेलाई विभिन्न प्रदेशअन्तर्गत प्रदेश सचिवकारूपमा खटाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को

काठमाडौँ – चैत अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठाले परियोजना अन्तिम छनोटमा परेका

काठमाडौं – श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज