"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि संसदीय सुनुवाइ बिहीबार हुने

प्रकाशित मिति :  २९ जेष्ठ २०८०, सोमबार १४:५५


काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले ३१ गते उजुरीकर्तासँग छलफल गर्ने र त्यसको भोलिपल्ट सुनुवाइ गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीमाथि २९ वटा उजुरी परेको र अध्ययनका लागि समिति सदस्यलाई वितरण गरिएको छ ।

संसदीय सुनुवाइ समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । समितिले जेठ २६ गतेभित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।

संवैधानिक परिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।संसदीय सुनुवाइबाट कार्कीको नाम स्वीकृत भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम