"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीश नियुक्ति प्रकिया अघि बढ्यो

प्रकाशित मिति :  १६ जेष्ठ २०८०, मंगलवार १२:३२


काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकिया अघि बढेको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीसमा सिफारिस भएका हरिकृष्ण कार्कीको सम्बन्धमा उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । आज बसेको समिति बैठकले कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको छ ।

सार्वजनिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्ने बताइएको छ ।

यस्तै समितिले समिति सञ्चालनसम्बन्धी कार्याविधि समेत पास गरेको छ । समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक बसेको थियो । बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री