"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टिआरसी विधेयकलाई संसदीय उपसमितिबाट छिटो टुंगोमा पुर्‍याउने सहमती

प्रकाशित मिति :  ३१ बैशाख २०८०, आईतवार १४:३१


काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेतृत्वबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने विषयमा छलफल भएको छ।

आइतबार बालुवाटारमा तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने विषयमा छलफल भएको हो।

बैठकमा संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यस्तै सहमतिका साथ नै संसद्लाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल केन्द्रित भएको थियो।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका नेता सुवास नेम्बाङलगायत सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ