"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार, थप ४ मन्त्रीको शपथ

प्रकाशित मिति :  २९ बैशाख २०८०, शुक्रबार १७:२१


पोखरा । गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले थप ४ मन्त्रीहरूको नियुक्त गर्दै कार्यविभाजनसमेत गरेका छन्। उनले कांग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री थपेका हुन्।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जितप्रसाद आले मन्त्री नियुक्त भए। माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

अबको मन्त्रिमण्डलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ मन्त्रालयमध्ये सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, कृषि तथा भूमि व्यवस्थामा महेन्द्रध्वज जिसी, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा रेशमबहादुर जुग्जालीले जिम्मेवारी पाएका छन्।

यस्तै, आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी जितप्रसाद आलेलाई र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दीपेन्द्रबहादुर थापाले पाएका छन्। यसअघि ३ पल्ट मन्त्री बनिसकेका एकीकृत समाजवादीका दीपक मनाङे फेरि मन्त्री बन्ने चर्चा भए पनि उनको स्थानमा आलेले मौका पाए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले यसअघिका धेरै नीति तथा कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आव २०८०/०८१ का लागि शुक्रबार नीति

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर