"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार मुद्दामा पौडेल पुर्पक्षका लागि कारागार चलान

प्रकाशित मिति :  १३ बैशाख २०८१, बिहीबार ११:४९


काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । पौडेलिवरुद्धको मुद्दामा बुधबार विशेष अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो । 

पौडेलविरुद्ध अख्तियारले वैशाख ९ मा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पौडेललाई मुद्दाको किनारा नलागेसम्मका लागि कारागारमा राख्न आदेश दिएको अख्तियारका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अदालतको आदेशपछि पौडेललाई बुधबारै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । उनलाई विशेष अदालतले पेमेण्ट गेट वेको उपकरण र परामर्श सेवा खरिद प्रकरणमा गत शुक्रबार नै दोषी ठहर गरिसकेको छ । उनीविरुद्ध सरकारको अनुमति बिनानै सिंगापुरमा डलर खाता खोलेको र घुसवापत्‌को आर्जित सम्पत्ति उतै व्यवस्थापन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

अख्तियारका सूचना अधिकारी रेग्मीले अदालतबाट प्रतिवादीका हकमा उपलब्ध तथ्य र प्रमाणलाई आधार मानी मुद्दाको किनारा नलागेसम्म कारागार चलान गर्न आदेश भएको बताए । उनलाई हिरासतमुक्त गर्दा विदेशी बैंकमा रहेको मुद्रा चलखेल गरी थप दुरुपयोग गर्न सक्ने समेतलाई आधार मानेर अदालतले थुनामा पठाएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।करिब तीन

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ।

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको