"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्मा जानकारी गराउन सभामुखको रुलिङ

प्रकाशित मिति :  २७ बैशाख २०८०, बुधबार १३:२८


काठमाडौँ। सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्‍लाई जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्।बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले यो प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका हुन्। सभामुखले भने, ‘अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सो प्रकरणको सम्बन्धमा सरकारले जानकारी गराउनुपर्ने र त्यसबारे सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए। लिङ्देनले सो प्रकरणको अनुसन्धानमा भएको प्रगतिको विस्तृत विवरण सार्वजनिक गर्न सभामुखबाट सरकारको नाममा रुलिङ माग गरेका हुन्।

उनले अनुसन्धानका विषयमा अनेक शंका/उपशंका उब्जिएका कारण सरकारले यथार्थ जानकारी संसद्लाई गराउनुपर्ने बताए। ‘सरकारले आफ्नो प्रतिबद्धता संसद्लाई व्यक्त गर्दै अहिलेसम्म भएका प्रगतिबारे सदनलाई जानकारी दिनुपर्‍यो,’ उनले भने।

लिङ्देनले भुटानी शरणार्थी प्रकरण सतहमा आएको बेला शीर्ष नेताहरूको भेटघाट बाक्लिनुमा पनि शंका व्यक्त गरेका छन्। सो भेटबारे पनि सदनलाई जानकारी गराउन उनले माग गरे। भुटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्रीसम्म भइसकेका व्यक्तिहरु मुछिनुले मुलुकको शीर निहुरिएको लिङ्देनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम । इलाम–२ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले ४ हजार ९८६ मतले अग्रता लिएको छ। एमाले

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार

इलाम । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३